२५ असार २०८३, बिहीबार

चिनियाँ र ब्राजिलियन राष्ट्रपतिबीच भेटवार्ता, थप आर्थिक साझेदारीको सहमति

कात्तिक ९, २०७६
चिनियाँ र ब्राजिलियन राष्ट्रपतिबीच भेटवार्ता, थप आर्थिक साझेदारीको सहमति

बेइजिङ –  चिनियाँ राष्ट्रपति सि चिनफिङ र ब्राजिलका राष्ट्रपति जेयर मेसिया बोल्सोनारोबीच शुक्रबार बेइजिङमा भेटवार्ता भएको छ ।

हाल चीनको औपचारिक भ्रमणमा रहनुभएका ब्राजिलका राष्ट्रपति बोल्सोनारो र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच शुक्रबार बेइजिङस्थित ‘ग्रेट हल अफ दि पिपुल’मा भेटवार्ता भएको समाचारमा जनाइएको छ ।

चिनियाँ राष्ट्रपति सि चिनफिङले सो अवसरमा विश्वमा धेरै कुराहरु परिवर्तन हुदै गएको भए पनि चीन र ब्राजिलबीचको सम्बन्ध भने स्थिर र सुमधुर रुपमा अघि बढिरहेको धारणा राख्नुभएको बेइजिङबाट सिन्ह्वा समाचार समितिले जनाएको छ ।

त्यस अवसरमा द्धिपक्षीय हित, आपसी सहयोग र समझ्दारीका साथै चीन र ब्राजिलबीचको आर्थिक लगानी र व्यापार प्रवर्धनका विविध विषयमा कुराकानी भएको बताइएको छ । 

चिनियाँ राष्ट्रपति सि चिनफिङले विकासका सम्भावना र अवसरहरुको सामुहिक रुपमा खोजी गरी आपसी हितका लागि लगानी, आपसी सम्बन्धको प्राथमिकता एवम् चीन ब्राजिल बृहत राणनीतिक साझेदारिताको विकासका क्षेत्रमा जोड दिएका थिए । 

उनले लगानीका साझा र नयाँ क्षेत्रहरुको खोजी गर्नुपर्ने, साझा चासो र फाइदाका क्षेत्रमा लगानी गर्नुपर्ने तथा द्धिपक्षीय व्यापार अभिबृद्धिका लागि काम गर्नुपर्नेमा जोड दिएको समाचारमा जनाइएको छ । 

उनले उर्जा, कृषि, खानी उपजका साथै पूर्वाधार विकासका क्षेत्रमा लगानीका लागि चीन तयार रहेको भन्दै हालको तुलनामा अझै धेरै ब्राजिलियन सामानहरु आयात गर्न चीन तयार रहेको धारणा पनि राखेको समाचारमा जनाइएको छ । 

त्यस अवसरमा दुवै देशका राष्ट्रपतिले दुई देशको सम्बन्ध इतिहासदेखि नै असल र सुदृढ रही आएको धारणा राखेका थिए ।

ब्राजिलियन राष्ट्रपति बोल्सोनारो चिनियाँ राष्ट्रपति सिको आमन्त्रणमा औपचारिक भ्रमणका लागि चीन पुगेका हुन् । 

बिहीबार बेइजिङ पुग्नुभएका राष्ट्रपति बोल्सोनारो शनिबारसम्म चीनमा रहनेछन् । उनीहरूबीच शुक्रबार भएको भेटवार्तापछि दुवै देशको तर्फबाट संयुक्त प्रेस वक्तव्य पनि जारी गरिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्