१५ असार २०८३, सोमबार

उपल्लो डोल्पाबाट २ जर्मन नागरिकको उद्धार

कात्तिक ९, २०७६
उपल्लो डोल्पाबाट २ जर्मन नागरिकको उद्धार
फाइल फोटो

डोल्पा – जिल्लामा लेक लागेर बिरामी भएका २ जना जर्मन नागरिकलाई उद्धार गरिएको छ ।

माथिल्लो डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा पर्ने सुला तथा मुकोट ताल पुगेर लेक लागेका कारण बिरामी भएका २ जना जर्मन नागरिकलाई शनिवार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं लगिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए ।

माथिल्लो डोल्पा अवलोकन गर्न गएका दुवै जना पर्यटक छार्का ताङसोङ गाउँपालिकास्थित मुकोट ताल ताथ सुला ताल भनेर चिनिने तालसम्म पुगेका बेला लेक लागेर बिरामी परेका हुन् ।

उद्धार अनुमति पत्रको फोटोकपी नबुझिने भएकाले उनीहरूको नाम भन्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक खस्टप्रसाद खकुरेलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्