एक रिपोर्टका अनुसार डिभोर्स (तलाक) गरेका मुस्लिम महिलालार्इ इस्लामिक विवाह ‘हलाला’को हिस्सा बनाउनका लागि कयौं अनलाई कम्पनीहरुले उनीहरुलाई हजारौं पाउण्डको मूल्य तिर्ने छन् ।
यी मुस्लिम महिलालार्इ हलालाको हिस्सा बनाउनका लागि पहिला पैसा दिएर एक अपरिचित व्यक्तिसँग विवाह गर्न लगाउँछन् । ती अपरिचितसँग सेक्स गर्नुपर्ने छ र, उक्त अपरिचित व्यक्तिलाई डिभोर्स दिनु पर्ने छ की उनी पहिलो पतिसँग जान सकुन् ।
फराह (परिवर्तित नाम) जब २० वर्षकी थिइन् तब पारिवारिक साथीको माध्यमबाट उनको विवाह भयो । दुई बच्चा पनि भए तर उनीमाथि हिंसाको शुरुवात भयो । उनले बीबीसीसँग भनिन् पहिलो पटक पतिले पैसाका लागि मलाई कुटे ।
पति निर्मतासँग केही समयसम्म पेश भए पनि उनले सहिन् तर उनका पतिले एक म्यासेज गरेर उनलाई तलाक दिए ।
उनले भनिन्, ‘म घरमा आफ्ना बच्चासँग थिए । उ काममा गएको थियो । एक चर्काचकी बहसपछि पतिले मलाई एउटा म्यासेज पठाए, जसमा लेखिएको थियोः तलाक, तलाक, तलाक ।’
मुस्लिममा पतिले आफ्नो पत्निलाई तीनपटक तलाक तलाक भनेको खण्डमा उनीहरुको वैवाहिक अवस्था समाप्त हुन्छ । धेरै जसो देशमा तीन पटक भनिने तलाकमा प्रतिवन्ध छ, तर पनि यो हटेको भने छैन ।
बेलायतमा कति महिलाले तीन पटकको यो शव्दका कारणले आफ्नो वैवाहिक अवस्था त्यागेका छन् भन्ने थाहा हुन सकेको छैन । फराह यसपछि घरबारबिहीन भइन् । तर उनी आफ्ना पूर्व पतिसँग जान चाहन्थिन् ।
फराहका अनुसार उनको पहिलो पति उनको जीवनको प्यार थियो । उनका पहिला पति पनि यो तलाकका कारण दुखी भए । आफ्ना पूर्व पति पाउनका लागि फराह विवादित चलन हलालाको हिस्सा बनेकी थिइन् ।
बीबीसीका अनुसार एक व्यक्तिले हलाला सर्भिसको विज्ञापन गरेका थिए । यस व्यक्तिले एक तलाक गरेकी महिलालाई सवा दुई लाख दिए। उनले ती महिलासँग विवाह गर्न र उनीसँग सेक्सका लागि यो रकम खर्च गरेका थिए । लगत्तै तलाक गर्नुपर्ने बाध्याता थियो ।