२२ जेठ २०८३, शुक्रबार

यो हो विषालु रुख, यसको अगाडि गोमन साँप पनि फेल

कात्तिक २०, २०७४
यो हो विषालु रुख, यसको अगाडि गोमन साँप पनि फेल

मानव जीवनका लागि रुखहरूको ठूलो योगदान हुन्छ । यसविना जीवनको कल्पना पनि गर्न सकिन्न । तर धर्तीमा यस्ता पनि रुख हुन्छन् जसले मनुष्यको ज्यानै समेत लिन्छन् ।


यहाँ हामी सरबेरा ओडोलम नामक रुखको कुरा गर्दैछौं । हेर्दा सुन्दर र आकर्षक देखिने यो रुख खतरनाक छ ।

दक्षिण पूर्वी एसियाली मुलुकहरूमा पाइने यो रुखका कारण औसतमा हरेक महिना पाँचजनाको ज्यान जाने गरेको छ ।

शोधकर्ताहरूका अनुसार सरबेरा ओडोलममा सरबेरीन नामक तत्त्व पाइन्छ र त्यो अत्यन्तै विषालु हुन्छ । यसको सानो मात्रा पनि शरीरमा पस्यो भने केही मिनेमै पेट र टाउको दुख्न थाल्छ, बान्ता आउँछ, मुटुको ढुकढुकी बिग्रन्छ र डायरिया हुन्छ । गोमन लगायतका साँप पनि यसको अगाडि टिक्दैनन् ।


यो रुखले शरीरको एन्जाइम र हृदयको कार्यप्रणालीलाई प्रभावित गर्छ र केही घन्टाभित्रै मनुष्यको मृत्यु हुन्छ ।

यसलाई हतियारका रूपमा पनि प्रयोग गर्ने गरिएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्