
काठमाडौं, २३ चैत — ऐश्वर्या राय वास्तवमै सुन्दर अभिनेत्री हुन् । उनलाई देखेपछि जोकोही एकचोटि तीनछक्क पर्छन् ।

सरबजीत फिल्मको शूटिङ चल्दै गर्दा अभिनेता दर्शन कुमारलाई यस्तै भयो । उनले ऐश्वर्यालाई अगाडि राखेर शट दिइरहेको बेलामा डाइलग नै बिर्सन पुगेका थिए ।
दर्शनले ऐश्वर्याप्रति क्रश पालिरहेका थिए । अनि सरबजीतको शूटिङ चल्दै गर्दा ऐश्वर्या माला लिएर उनीतिर बढिन् ।
पछाडि शहनाई बजिरहेको थियो । त्यतिखेर उनी यति सुन्दर देखिएकी थिइन् कि दर्शन मुग्ध भएर सबै कुरा बिर्सन पुगे ।
दर्शन मात्र नभई अरू अभिनेतालाई पनि यस्तो समस्या परेको थियो । सुशान्त सिंह राजपूतले पनि उनीसँग सम्बन्धित एउटा घटना सुनाए ।
सुशान्त श्यामक डावरको डान्स कम्पनीमा हुँदा एउटा अवार्ड शोमा ऐश्वर्यालाई सात सेकेन्डका लागि उठाउनुपरेको थियो । तर ऐशलाई देखेर उनले होशहवास गुमाए र १५ सेकेन्डसम्म उचालिरहे । यसका लागि उनले गाली पनि खाए ।
अहिले ऐश्वर्या राय आफ्ना पति अभिषेक बच्चनका साथ गुलाब जामुन नामक फिल्मको शूटिङ गर्ने भएकी छन् । तर यसको आधिकारिक पुष्टि भएको छैन ।
एजेन्सी