२२ जेठ २०८३, शुक्रबार

पत्याउनुहुन्छ ? रुखबिरुवा पनि सुत्छन् राति !

कात्तिक २०, २०७४
पत्याउनुहुन्छ ? रुखबिरुवा पनि सुत्छन् राति !
मानिस आरामको लागि राति सुत्ने गर्छ, अन्य जनावरसमेत रातिको समयमा आराम गर्ने गर्छन् ।
चराचुरुङ्गीहरु समेत रातको सयमा आफ्ना गुणमा हुन्छन् । केही प्राणीबाहेक रातको समयमा निदाउँछन् । रातको समयमा मानिस, पशुपन्छि मात्र होइन रुखविरुवा पनि निदाउँछन् भन्दा तपाईलाई अचम्म लाग्न सक्छ ।

तर यो वास्तविकता हो । फिनल्याण्ड र अस्ट्रियाका वैज्ञानिकहरुले रुखले पनि मानिस जस्तै रात परेपछि आराम गर्ने कुरा पुष्टि गरेको छन् ।

वैज्ञानिकहरुको अनुसार रुखहरु राति मानिस जस्तै निदाउँछन् । राति रुखहरुले आफ्नो हागाविगालाई खुकुलो पारेर आराम गर्छन् ।

रुखहरु निदाउँछन् कि निदाउँदैनन् भन्ने पुष्टि गर्न फिनल्याण्ड र अष्ट्रियाका वैज्ञानिकले बिहानदेखि बेलुकासम्मको गतिविधि रेकर्ड गरी अध्ययन गरेका थिए ।

बिहान र बेलुकीको भिडियोग्राफ हेर्दा रुखहरुले हरेक घण्टा अनेक क्रियाकलाप गर्ने बताएका छन् । बिहान रुखका हाँङ्गाहरु सिधा हुने तर, रात पर्न थालेपछि रुखका पात र हाँङ्गाहरु पनि खुकुलो हुँदै भुँइतर्फ फर्कने र लल्याक लुलुक परेका हामीले पनि देखा छौं, जुन उनीहरुको थकाई मार्ने एक किसिमको प्रकृया भएको वैज्ञानिकहरुले दाबी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्