०६ असार २०८३, शनिबार

विदेशै घुमिरहने मेयरज्यूलाई व्यंग्य : ‘उतै बसून् बरु तिनलाई ग्रिनकार्ड मिलाइदिउँ’

कात्तिक ११, २०७६
विदेशै घुमिरहने मेयरज्यूलाई व्यंग्य : ‘उतै बसून् बरु तिनलाई ग्रिनकार्ड मिलाइदिउँ’

काठमाडौं – तिहारको अवसरमा हाँस्य व्यंग्यमार्फत मनोरञ्जन गराउँदै आएको सिस्नुपानी नेपालले प्रज्ञा–देउसीमार्फत राजनीतिक विकृतिमाथि व्यंग्य गरेको छ ।

आइतवार साँझ प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा देउसीमार्फत विदेशै घुमिरहने स्थानीय तहका जनप्रतिनिधिलाई व्यंग्य गरिएको छ ।

वर्षदिनमा १० महिना विदेशमै बिताउने मेयरज्यूलाई उतै बस्ने गरी ग्रिनकार्ड मिलाइदिन आग्रह गरिएको छ ।

यस्तो छ देउसीको अंश :-

थुनिँदैछन् अझै पनि कवि लेखक कलाकार
नसम्झाउन पञ्चायतलाई हेल्लो सरकार

हुक्के पनि तिनै छन् बैठके नि तिनै छन्
शितलनिवास जनताबाट टाढा हुँदै झन्

राष्ट्रपति हुन खोज्दा राजराजा भयौं कि
घरतिर जानु पर्ने दरबार गयौं कि !

माथिकाले खाका छन् तलकाले खाका छन्
प्रदेश सरकार कठैबरा मुख बाका छन् 

एक वर्षमा १० महिना विदेश घुम्छन् मेयरज्यू
उतै बसून् बरु तिनलाई ग्रिनकार्ड मिलाइदिउँ

पिर्का माथि चढीचढी खान थाले सलामी
कस्तो हतार यिनलाई जान आफ्नै मलामी

salt training

कमेन्ट गर्नुहोस्