०२ असार २०८३, मंगलबार

व्यास ऋषि तीर्थस्थलमा पर्यटन प्रवद्र्धनका लागि संरचना निर्माण

कात्तिक ११, २०७६
व्यास ऋषि तीर्थस्थलमा पर्यटन प्रवद्र्धनका लागि संरचना निर्माण
प्रतिकात्मक तस्वीर

जाजरकोट – धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा स्थापित डोल्पाको काईके गाउँपालिका–६ र ७ बीचमा रहेको वन खाडास्थित व्यास ऋषि तीर्थस्थलमा संरचना निर्माण गरिएको छ । 

सो स्थानमा ३० लाख रुपैयाँका संरचना निर्माण गरिएको छ भने १०८ धाराका साथै सडक निर्माण गर्न बाँकी रहेको छ ।

सदरमुकाम दुनैबाट छ घण्टा पैदल दूरीमा रहेको तीर्थस्थलमा जाजरकोट र रुकुमबाट समेत तीर्थयात्रु जाने गरेका छन् । 

व्यास ऋषि तीर्थस्थलमा १० लाख रुपैयाँमा मन्दिर र २० लाख रुपैयाँमा बास बस्नका लागि घर निर्माण गरिएको हो । संघीय र कर्णाली प्रदेश सरकारले संयुक्तरूपमा मन्दिर र बासस्थल निर्माणका लागि सहयोग गरेसँगै यहाँ आउन र जान सहज भएको छ ।

मन्दिर र आवास निर्माणले तीर्थालुलाई बास र पूजाआजाका लागि सहज भएको काइके गाउँपालिका–७ का वडाध्यक्ष रामचन्द्र रोकायले जानकारी दिए । 

निर्माण गरिएका ती संरचनाहरुको हेलिकोप्टरमा तीर्थस्थल पुगेर अनुगमन गरेका कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले संरचना राम्रो भएको प्रतिक्रिया दिए ।

परापूर्व कालदेखि नै हिन्दूहरूको पवित्र धार्मिक तथा तीर्थस्थलका रूपमा परिचित हुँदै आएको व्यास ऋषि तीर्थस्थलमा एक कोठाको मन्दिर निर्माण गरिएको छ भने भक्तजनलाई बास बस्नलाई सहज होस् भनी ५ कोठाको आवास निर्माण गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्