
भरतपुर – पूर्वी चितवनको खैरहनीबाट २० जना जुवाडे पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले खैरहनी नगरपालिका–१ सिमलघारीमा आइतवार राति कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको हो ।
विशेष सुराकीका आधारमा कयर खोलाको छेउमा रहेको एउटा घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक धनदेव साउँदले बताए ।
उनीहरूको साथबाट १ लाख ९१ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले १२ वटा मोटरसाइकलसमेत बरामद गरेको जानकारी दिएको छ ।