२६ जेठ २०८३, मंगलबार

आईएस प्रमुख बग्दादी : क्रूर सपनाको अवसान

कात्तिक ११, २०७६
आईएस प्रमुख बग्दादी : क्रूर सपनाको अवसान

काठमाडौं – इस्लामिक स्टेट (आईएस) का प्रमुख अबु बकर अल बग्दादीको मृत्यु भएको छ । 

आईएसमार्फत संसारभरि आतंक फैलाइरहेको यस आतंकवादीको अन्त्य अमेरिकी सेनाले गरेको हो । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यसको घोषणा गरेका छन् । 

ट्रम्पका अनुसार, जीवनको अन्त्यतिर बग्दादी रोइरहेको थियो र जीवनको भिक्षा मागिरहेको थियो । कुनै समयमा आतंकमार्फत संसार हल्लाउने बग्दादीले यसरी जीवनका लागि कारुणिक पुकार गरेको सुन्दा सबै आश्चर्यमा परे । 

इराकका राष्ट्रपति सद्दाम हुसेनको अन्त्य गर्नका लागि सन् २००३ मा अमेरिकी सेना इराक पस्दा अबु बकर अल बग्दादी बग्दादको एक मस्जिदमा मौलवी थियो । त्यतिखेर उसलाई पक्राउ गरिएको थियो र ऊ लगभग १० महिना अमेरिकी सेनाको कब्जामा रह्यो । त्यसैबेला ऊ आतंकवादी बनिसकेको थियो । 

बग्दादीले पहिला बिन लादेनको अल कायदासँग काम गरेको थियो । सन् २०१३ मा उसले आफ्नै समूह इस्लामिक स्टेट अफ इराक यान्ड सिरिया बनायो । 

अप्रिल महिनामा बग्दादीले आईएसआईएस समूह बनाएको थियो । 

सन् २०१४ को जनवरी महिनामा आईएसआईएसले इराकको फलुज्जाह कब्जा गरेको थियो अनि रक्कातर्फ बढेको थियो । 

त्यसै वर्षको जुन महिनामा आईएसआईएसले इराकको मोसुलमा कब्जा जमायो । त्यहाँ इराकी सेनालाई नष्ट गरियो । 

मोसुलको अल नूरी मस्जिदमा बग्दादीले भाषण दिए । संसारसामु बग्दादीको यो पहिलो भाषण थियो । 

पछि आईएसआईएसको नाम छोट्ट्याएर आईएस बनाइयो । 

सन् २०१४ मा अमेरिकाले आईएसविरुद्ध कारवाही थाल्यो । 

सन् २०१५ मा अमेरिकाले कुर्दिश लडाकूहरूलाई समर्थन दियो र उनीहरूले आईएसविरुद्ध कारवाही गरे । टर्की सीमामा आईएसले पहिलोपटक हारको सामना गर्नुपरेको थियो । 

सन् २०१५ को अप्रिलमा इराकी सेनाले टिक्रिट शहरलाई आईएसबाट मुक्त गरायो भने सन् २०१६ को फेब्रुअरीमा रामादी शहरबाट पनि आईएसको नियन्त्रण छुटायो ।

सन् २०१६ को जुन महिनामा फलुज्जाहमा आईएस र इराकी सेनाबीच युद्ध भयो र उक्त शहर पनि आईएसबाट मुक्त भयो । 

सन् २०१७ को सेप्टेम्बरसम्ममा मोसुल पनि आईएसबाट मुक्त भयो । 

सन् २०१८ मा बग्दादी मारिएको खबर आयो तर बग्दादीको अडियो सार्वजनिक भएपछि त्यो खबर झूटो साबित भयो । 

आइतवार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आईएस प्रमुख अबु बकर अल बग्दादी मारिएको घोषणा गरे ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्