२२ जेठ २०८३, शुक्रबार

पतिले दिनदिनै अण्डा नखुवाएको भन्दै प्रेमीसँग भागिन् पत्नी

कात्तिक ११, २०७६
पतिले दिनदिनै अण्डा नखुवाएको भन्दै प्रेमीसँग भागिन् पत्नी

काठमाडौं – भारतको गोरखपुरको एक गाउँमा एक महिला पतिले दिनदिनै अण्डा नखुवाएको भन्दै प्रेमीसँग भागेकी छन् । 

खासमा चार महिना पहिले पनि ती महिला प्रेमीसँग भागेकी थिइन् र फर्किएपछि प्रहरीलाई कारण बताएकी थिइन् । 

पतिकहाँ फर्केर आएपछि महिलाले दिनदिनै अण्डाका लागि झगडा गर्न थालिन् । झगडै झगडाको क्रममा उनी फरार भइन् । उनले आफूसँग नन्दलाई पनि लिएर गएकी छन् । 

क्याम्पियरगञ्ज इलाकामा बस्ने महिलाका पति मजदूर हुन् । उनीहरूको बिहे चार वर्षअघि भएको हो । पत्नीले एक वर्षअघि घरनजिकै बस्ने एकजनासँग प्रेम गर्न थालिन् । चार महिनाअघि पनि उनी त्यही प्रेमीसँग भागेकी थिइन् । 

त्यतिखेर प्रहरीको दबाबमा फर्किएकी उनी पतिले अण्डा नखुवाउने गरेको अनि प्रेमीले दिनदिनै खुवाउने गरेको बताउँथिन् । 

अहिले फेरि उनी अण्डाका लागि प्रेमीसँग भागेकी छन् । पतिले प्रहरी थानामा रिपोर्ट लेखाएर पत्नीलाई फर्काउन माग गरेका छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्