२५ जेठ २०८३, सोमबार

आईएसका नेता बग्दादी मारिएपछि बोल्यो इरान

कात्तिक ११, २०७६
आईएसका नेता बग्दादी मारिएपछि बोल्यो इरान

तेहरान–मध्यपूर्वमा अमेरिकाको सैन्य उपस्थितिको औचित्य अब सकिएको इरानले दावी गरेको छ ।

“स्लामिक स्टेट (आइएस) का नेता अबु बाकर अल–बग्दादीको मृत्युपछि अमेरिका मध्यपूर्वमा रहनुपर्ने औचित्य सकिएको छ,” इरान सरकारका प्रवक्ता अलि रबिईलाई उद्धृत गरी इरानी एक टेलिभिजनले बताएको छ ।

“वासिङ्टनको नीतिका कारण मध्यपूर्वमा ‘आतङ्कवाद’ मौलाउनुको मुख्य कारण हो,” रूविईले भने । 

उनले भने, “अल–बग्दादीका मृत्यु ‘ध्वंसात्मक आतङ्कवाद’ अन्त्य हुने सङ्केत हो तर उनको मृत्युलाई आइएसको जस्तो अतिवादको सिद्धान्तको अन्त्यका रूपमा बुझ्न हुँदैन ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट आइतबार गरेको टेलीभिजन सम्बोधनमा आइएस नेता अल–बग्दादीलाई अमेरिकी सेनाले उत्तरी सिरियामा गरेको कारबाहीमा मृत्यु भएको बताएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्