२२ जेठ २०८३, शुक्रबार

दिदीबहिनी नहुनेले रानीपोखरीमा भाइटीका लगाए

कात्तिक १२, २०७६
दिदीबहिनी नहुनेले रानीपोखरीमा भाइटीका लगाए

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दिदीबहिनी तथा दाजुभाइ नहुनेहरुले काठमाडौँको रानीपोखरीमा पुगेर भाइटीका लगाएका छन् । 

    रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर आजकै दिन खुलाइने प्रचलन भए पनि २०७२ सालको भूकम्पले मन्दिर क्षतिग्रस्त भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मन्दिरको पश्चिम ढोकाबाहिर मूर्ति राखेर पूजाआजा गर्ने र भाइटीका लगाउने व्यवस्था मिलाएको थियो । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरुले आजको दिन रानीपोखरी पुगेर भाइटीका लगाउने प्रचलनअनुसार बिहान ७ बजेदेखि शुरु गरिएको भाइटीका बेलुका साढे ७ बजेसम्म लगाउन मिल्ने व्यवस्था गरिएको थियो । 

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरेका हुन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाएका छन् । 

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवम सेलरोटी लगायतका खानेकुरा दिने परम्परा छ । त्यसैगरी दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवम सामाजिक परम्परा रहिआएको छ । 

salt training

कमेन्ट गर्नुहोस्