२३ असार २०८३, मंगलबार

कुर्दहरूले अल बग्दादीको अन्डरवेयर किन चोरेका हुन् ?

कात्तिक १३, २०७६
कुर्दहरूले अल बग्दादीको अन्डरवेयर किन चोरेका हुन् ?

काठमाडौं – कुर्दहरूको नेतृत्वमा रहेको सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) ले अबु बकर अल बग्दादीको अन्डरवेयर आफूहरूले चोरेको बताएका छन् । डीएनए परीक्षण गर्दा मारिने व्यक्ति बग्दादी नै हो भन्ने कुरा पुष्टि गर्नका लागि अन्डरवेयर चोरेको उनीहरूको भनाइ छ । 

एसडीएफका एक वरिष्ठ कमान्डरले सिरियामा अमेरिकी कारवाहीअघि इस्लामिक स्टेटका प्रमुख बग्दादी लुकेको ठाउँ पत्ता लगाउन आफूहरूको सूत्रको प्रमुख भूमिका रहेको उनले दाबी गरे । 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनाको कारवाहीका बेलामा बग्दादीले आफैंलाई बमले उडाएको बताएका थिए । उनले यस कारवाहीमा कुर्दहरूको भूमिकाका विषयमा धेरै महत्त्व दिएका थिएनन् । 

उनले भने, ‘कुर्दहरूको जानकारीले हामीलाई सहयोग गर्‍यो तर सैन्य कारवाहीमा उनीहरूको कुनै भूमिका थिए ।’

तर एसडीएफका वरिष्ठ नेता पोलाट क्यानले जोड दिँदै बग्दादीविरुद्ध अमेरिकी कारवाहीमा एसडीएफको प्रमुख भूमिका रहेको बताए । 

पोलाटले ट्वीट गर्दै लेखे, ‘मेरो स्रोतले बग्दादीको अन्डरवेयर पत्ता लगाए ताकि डीएनए परीक्षण गरेर मर्ने मानिस बग्दादी नै हो भन्ने पुष्टि गर्न सकियोस् ।’

पोलाटले लेखे, ‘बग्दादीका विषयमा अनि ऊ लुकेको ठाउँका बारेमा हामीले महत्त्वपूर्ण सूचना दिएका थियौं । हाम्रो गोप्य सूत्र अपरेसन सकिएसम्म अमेरिकी बलहरूसँगै थिए । एसडीएफ मे १५ देखि बग्दादीका विषयमा सीआईएसँग काम गरिरहेको थियो । बग्दादी सिरियाको इदलिब प्रान्तमा लुकेको हामीले नै पत्ता लगाएका हौं ।’

इस्लामिक स्टेटविरुद्धको लडाइँमा एसडीएm अमेरिकाको मुख्य सहयोगी हो तर अमेरिकाले यसै महिना उत्तरी सिरियाबाट आफ्नो सैनिक फिर्ता बोलाएर कुर्दहरूमाथि टर्कीको आक्रमणको बाटो खोलेको थियो । 

सिरियामा रहेका आफ्ना सहयोगीहरू र अन्य देशलाई अमेरिकाले बग्दादीमाथिको आक्रमणको सूचना दिइसकेको थियो । टर्की, इराक, उत्तरी सिरियामा रहेका कुर्दिश बल र रुसलाई अमेरिकाले बग्दादीमाथिको कारवाहीको सूचना दिएको थियो । इदलिबको हवाई क्षेत्रमा यिनीहरूकै नियन्त्रण छ । 

रिपोर्टहरूका अनुसार, अमेरिकी सैनिकहरूले हेलिकप्टरबाट ओर्लिएर गोलीकाण्ड मच्चाएका थिए । ट्रम्पले अमेरिकी सैनिकहरू बग्दादी बसेको ठाउँमा पुग्दा ऊ सुरुङमा भागेको र आत्मसमर्पणबाट बच्न खोजेको बताए । 

सुरुङमा भाग्ने ठाउँ नभएपछि बग्दादीले रोइकराइ गरेको ट्रम्पले बताए । कुकुरहरूले लखेट्दा ऊ लडेको र आत्मघाती बेल्ट विस्फोट गराएको र उससँगै रहेका तीन बच्चा पनि मारिएको उनले जानकारी दिए । 

रिपोर्टहरूका अनुसार, डीएनए परीक्षणपछि सुरुङमा आफूलाई उडाउने व्यक्ति बग्दादी नै भएको पुष्टि भयो । 

कम्बाइन्ड फेसियल रेकगिनसन टेक्नोलोजी र डीएनए राडारमार्फत घटनास्थलमै शवको डीएनए परीक्षण गर्न सकिन्छ । 

त्यसमाथि बग्दादीको शवका केही टुक्रालाई प्राविधिकहरूले हेलिकप्टरमा हालेर ल्याएका थिए ।

बग्दादीको शव बिन लादेनको जस्तै गरी समुद्रमा फालिएको बताइएको छ ।

बीबीसी हिन्दीबाट
 

salt training

कमेन्ट गर्नुहोस्