पुस ५, २०८०
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
नेपालको वर्तमान संविधानले मुलुकमा संघात्मक शासन प्रणालीलाई सुनिश्चित गरेको छ । जुन वर्षाैंदेखि एकात्मक प्रणाली अवलम्बन गरेको मुलुकको लागि नयाँ अभ्यास पनि हो ।
नेपालको ७ नम्बर प्रदेशको नामाकरण ‘सुदूरपश्चिम प्रदेश’ गरिएको छ । यो प्रदेश अन्तर्गत साविकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका सेती र महाकाली अञ्चलका ९ वटै जिल्ला पर्छन् । शासकीय दृष्टिकोणले संघात्मक प्रणालीमा प्रवेश गरेतापनि भौगोलिक एवं धरातलीय स्वरुपका दृष्टिले यो प्रदेश पुरानै सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको हुबहु संरचनामा फैलिएको छ ।
आजभन्दा २५ वर्षअघि बर्दिया र कैलाली जोड्ने कर्णाली नदीमाथि सन् १९९४ मा जापान सरकारको सहयोगमा अत्याधुनिक प्रविधिको पुल निर्माणपश्चात सुदूरपश्चिमको द्रूत विकासको अपेक्षा गरिएपनि आशातीत रुपमा आर्थिक समृद्धिका हिसाबले ‘सुदूर’को छाप हटाउन सकेन । स्रोतसाधन एवं विकासका प्रचूर सम्भावना हुँदाहुँदै पनि अझै प्रदेशमा गरीबी र बेरोजगारीको दर उच्च छ ।
राजधानीबाट निकै टाढा रहेको र विकासका दृष्टिकोणले सीमान्तकृत भान हुने यो प्रदेशमा पर्यटकीय महत्त्वका थुप्रै अनुपम गन्तव्य छन् । जसले जोसुकै पर्यटकलाई सहजै लोभ्याउन सक्ने सामर्थ्य राख्छन् । यो प्रदेशको सर्वाङ्गीण विकासका लागि पर्यटन एक प्रमुख क्षेत्रका रुपमा सावित हुन सक्छ । यहाँ सुदूरपश्चिम प्रदेशमा रहेका प्रमुख ५ पर्यटकीय गन्तव्यको चर्चा गरिएको छ ।
१) खप्तड
सुदूरपश्चिमका ४ पहाडी जिल्ला डोटी, अछाम, बझाङ र बाजुरामा फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज समुन्द्री सतहदेखि करीब ३ हजार मिटर उचाइमा अवस्थित प्राकृतिक छटा र सुन्दर भू–दृश्यले भरिपूर्ण अनुपम पर्यटकीय गन्तव्य हो ।
सन् १८८० मा भारतको काश्मिरमा जन्मिएका स्वामी सच्चिदानन्द, जो पछि ईलाम, कालिञ्चोक, स्वर्गद्वारी, चन्दननाथ हुँदै सन् १९४० ताका खप्तड आइपुगे र अन्ततः यो ठाउँलाई अरु ठाउँको तुलनामा ध्यान र पूजाका लागि अत्यन्तै उपयुक्त महसूस गरी सदाका लागि यहीँ स्थानमा बस्ने निधो गरे ।
पछि उहाँ ‘खप्तड बाबा’का नामले प्रख्यात हुनुभयो । ५० वर्षसम्म यो सुन्दर एवं पावन भूमिमा ‘खप्तड आश्रम’ स्थापना गरी आध्यात्मिक साधनमा समर्पित हुनुभयो । सन् १९८४ मा उहाँकै आग्रहमा सरकारले खप्तड राष्ट्रिय निकुञ्ज त स्थापना गर्यो तर पर्याप्त पूर्वाधार एवं प्रचारप्रसारको अभावमा बिछट्ट सुन्दर खप्तड अहिले पनि ओझेलमा परेको प्रतित हुन्छ ।
दुर्लभ वन्यजन्तु एवं औषधिजन्य बहुमुल्य वनस्पतिको समेत प्रचूर प्राप्यता भएको निकुञ्जको सुन्दरतामा मोहित नहुने शायदै कमै प्रकृतिप्रेमी होलान् । खप्तड आश्रमका अलावा वनपुष्पले सुगन्धित घाँसेमैदान, मनोरम भिराला भूदृश्य, खप्तड दह, खप्तड त्रिवेणी, गंगा दसेरा पर्व निकुञ्जका प्रमुख आकर्षण हुन् ।
२) बडीमालिका
समुन्द्री सतहदेखि करीब ४ हजार २०० मिटर उचाइमा अवस्थित बडीमालिका सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुराको निकै सुन्दर धार्मिक पर्यटकीय गन्तव्यस्थल हो । विशेषतः भगवतीको आराधना गरिने मन्दिरमा हरेक वर्ष श्रावण शुक्ल चतुर्दशीमा विशेष मेला लाग्ने गर्छ ।
प्राचीनकालमा दक्ष प्रजापतिको यज्ञमा हाम फालेकी सतिदेवीको शव बोकेर महादेव डुल्दा यो ठाउँमा सतिदेवीको काँध खसेको, पछि मल्लगिरी पहाडको निर्माण भएको र कालान्तरमा यो स्थानको नाम ‘मालिका’ रहन गएको किम्बदन्ती छ । मनमोहक घाँसेमैदान, निर्मल झरना तथा सुसेली खेल्ने खोला बडीमालिकाका प्रमुख आकर्षण हुन् ।
३) शुक्लाफाँटा
सुदूरपश्चिम तराईको जिल्ला कञ्चनपुरमा अवस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सन् २०१७ अघि वन्यजन्तु आरक्षको रुपमा रहेको थियो । ठूल्ठूला घाँसे मैदान सहितको समथर मैदानी फाँट शुक्लाफाँटाको प्रमुख विशेषता हो ।
सबैभन्दा रोचक तथ्य त के भने बाह्रसिङ्गाको विश्वमै सबैभन्दा ठूलो बथान शुक्लाफाँटामै पाइने गर्छ । दुर्लभ पाटेबाघ, हात्ती, अजिंगर लगायत ४६ प्रजातिका स्तनधारी र ४२३ प्रजातिका चराहरू निकुञ्जमा पाइन्छन् । हात्ती सवारी एवं जंगल सफारी निकुञ्जका प्रमुख मनोरञ्जनात्मक क्रियाकलाप हुन् भने नेपालको सबैभन्दा लामो दोधाराचाँदनी झोलुङ्गे पुल पनि नजिकै छ ।
४) रामारोशन
अछाम जिल्लामा अवस्थित अद्भुत रामारोशन क्षेत्र सुदूरपश्चिमको आकर्षक पर्यटकीय गन्तव्यमध्येको एक हो । ‘बाह्र बण्ड, अठार खण्ड’का नामले पनि प्रख्यात यो ठाउँमा पुगेपछि जो कोही स्वर्गीय आनन्द महसूस गर्छन् । सुन्दर रामारोशन ताल यो क्षेत्रको प्रमुख पर्यटकीय आकर्षणको केन्द्र हो । तालसम्म नपुगुन्जेल बाटोमा पर्ने सुन्दर गुराँसले पर्यटकको थकाइ मेटाउने अचुक अस्त्रको काम गर्छन् ।
५) अपिनाम्पा
सन् २०१० मा स्थापित अपिनाम्पा संरक्षण क्षेत्र सुदूरपश्चिमको हिमाली जिल्ला दार्चुलामा अवस्थित छ । २ हिमचुचुरा ‘अपि’ र ‘नाम्पा’का नामबाट नामाकरण गरिएको संरक्षण क्षेत्रमा दुर्लभ प्रकृतिका हिमाली वनस्पति एवं जनावर पाइन्छन् ।
सुन्दर–शान्त हिमाली परिवेश एवं हिमचुचुरालाई नजिकबाट नियाल्न चाहनेका लागि निश्चय नै अपिनाम्पा उत्तम गन्तव्य सावित हुनसक्छ ।
(लेखक अध्ययनका सिलसिलामा हाल जापानको हिरोसिमा विश्वविद्यालयमा छन् ।)
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...