२४ जेठ २०८३, आइतबार

भाइटीका महोत्सवमा सहभागी बन्दै विदेशी पर्यटक

कात्तिक १३, २०७६
भाइटीका महोत्सवमा सहभागी बन्दै विदेशी पर्यटक

पोखरा –पश्चिमाञ्चल होटल सङ्घले  यहाँ आयोजना गरेको १३औँ भाइटीका महोत्सवमा ३० पर्यटकले सहभागिता जनाएका छन् ।

लेकसाइडस्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा आयोजित महोत्सवमा रेन्वो चिल्ड्रेन होमका छात्राले पर्यटकलाई टीका लगाइदिएका थिए । नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ सङ्घले वर्षेनी उक्त महोत्सव गर्दै आएकामा यसवर्ष १३औँ संस्करणको महोत्सव गरिएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए।
    
स्वदेशी तथा विदेशी पर्यटकमाझ आपसी भाइचारा अभिवृद्धि र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली संस्कृतिलाई पहिचान गराउने  उद्देश्यले महोत्सव  आयोजना गरिएको उनले बताए ।

नेपाली परम्परानुसार पर्यटकलाई तिहारको टीका लगाउने, देउसी भैलो खेल्ने र सेलरोटीलगायत अन्य परिकार खाने खुवाउने कार्यक्रमलाई महोत्सवमा समेटिएको थियो । संस्कृति बचाऔं, पर्यटन प्रवद्र्धन गरौं भन्ने मूलनाराका साथ आयोजित सो महोत्सवमा पर्यटकले १५ अमेरिकी डलर तिरेर सहभागिता जनाएका थिए ।

महोत्सवको निरन्तरताका कारण पछिल्ला वर्ष पर्यटक दोहो¥याएरसमेत टीका लगाउन पोखरा आउन थालेको महोत्सवका संयोजक दीपक श्रेष्ठले जानकारी दिए। सो महोत्सव पर्यटकका लागि नयाँ कार्यक्रमसमेत बन्न थालेको सङ्घका महासचिव गणेशराज पहारीले बताए।

महोत्सवमा सहभागी जर्मन नागरिक थिलो जिम्नीले आफू यो महोत्सवमा दोस्रो पटक सहभागी भएको बताउँदै यसले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने धारणा व्यक्त गरे। टेम्पल ट्री रिसोर्ट एण्ड स्पा, काल्र्सवर्ग वियर र वटरफ्लाई फाउण्डेसन नेपालले सहयोग गरेको सो महोत्सवको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्