
काठमाडौं – नर्वेको मोसमा एकजना आँटिला व्यक्तिले ८९ फीट अग्लो क्रेनबाट पानीमा हाम्फालेको दृश्य भिडियोमा कैद भएको छ ।
जल खेल प्रवर्द्धन गर्नका लागि एमिल लीबेकले अहिलेसम्मकै सबभन्दा अग्लाइबाट समुद्रमा हाम्फालेका हुन् ।
पानीमा हाम्फालेपछि लीबेकलाई पीडा पुगेको जस्तो देखिन्थ्यो ।
घटनाको फूटेज लीबेकका साथीले खिचेका हुन् । अक्टोबर १६ मा उक्त भिडियो खिचिएको हो ।
सानो क्लिपमा लीबेक शिपिङ कन्टेनरको टुप्पोमा बसेको र त्यो एउटा कार्गो क्रेनको मुन्तिर झुण्डिएको देखिन्छ ।
हाम्फाल्ने व्यक्ति शरीरलाई तेर्सो बनाएर समुद्रमा हाम्फाल्छन् ।
पेटमा असर नपरोस् भनेर उनले हात र गोडा खुम्च्याएको देखिन्छ ।
लीबेक पानीमा हाम्फाल्दा हावामा पानी उफ्रिन्छ र तल आउँछ ।
यो दृश्य देखेपछि लीबेकका साथीहरू निकै आत्तिन्छन् ।
लीबेक चाहिँ बाहिर निस्कँदा निकै पीडामा परेका देखिन्छन् ।
यसरी हाम्फाल्ने खेललाई डेथ डाइभिङ भनिन्छ र यो नर्वेको एक्सट्रीम स्पोर्ट्स मानिन्छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला
एजेन्सी