०२ असार २०८३, मंगलबार

संस्कार र संस्कृतिको निरन्तर अध्ययन गरिनुपर्छ : राष्ट्रकवि घिमिरे

कात्तिक २०, २०७४
संस्कार र संस्कृतिको निरन्तर अध्ययन गरिनुपर्छ : राष्ट्रकवि घिमिरे

 

काठमाडौँ, २३ चैत- राष्ट्रकवि माधप्रसाद घिमिरेले संस्कार र संस्कृतिको निरन्तर अध्ययन गरिनुपर्ने बताउनुभएको छ ।

हिमवत् आर्ष प्रज्ञाद्वारा यहाँ आज आयोजित डा ऋषिराम रेग्मीद्वारा लेखिएको ‘वैद्धिक साहित्यको स्वरुप’ तथा ‘वेदका अध्यता प्राचीन र अर्वाचिन विद्धान’ नामक पुस्तकको लोकार्पण गर्दै राष्ट्रकवि माधव घिमिरेले उक्त कुरा बताउनुभएको हो ।

राष्ट्रकवि मिघिरेले संविधानमा धर्मलाई उपयुक्त स्थान नदिएको भन्दै दुःख व्यक्त गर्नुभयो ।
नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राध्यापक वेणी माधव ढकालले सानातिना स्वार्थमा नलागी राष्ट्र निर्माणका लागि जुट्नुपर्नेमा जोड दिनुभयो ।

‘वैद्धिक साहित्य स्वरुप’ नामक पुस्तकको समीक्षा गर्दै नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति माधवराज गौतमले पुस्तकमा वेद वेदाङ्गको शास्त्रीय परिचयसहित वैद्धिक ग्रन्थका ५०० भन्दाबढी संस्करणको जानकारी रहेकाले अत्यन्तै राम्रो रहेको बताउनुभयो ।

त्यसैगरी ‘वेदको अध्यता प्राचीन र अर्वाचिन विद्धानहरु’ नाम गरिएको पुस्तकको समीक्षा गर्दै डा चिन्तामणि योगीले वेद के हो, यो कति प्रकारको हुन्छ र विद्धानहरुले वेदका विषयमा गरेको कार्यको विवरणसहित रहेकाले पुस्तक उपयोगी रहेको धारणा राख्नुभयो ।

‘वैद्धिक साहित्य स्वरुप’ नाम गरिएको पुस्तकको मुख्य उद्देश्य चारै वेदका १८ मन्त्रसंहिता १९ बाह्मणग्रन्थसहित वेदका विभिन्न विधासँग सम्बध परिशिष्ट १९३ सहित जम्मा ५२० ग्रन्थको स्वरुप संस्करणादि विवरण यस कृतिमा समावेश गरिएका लेखक डा ऋषिराम रेग्मीले जानकारी दिनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्