२३ असार २०८३, मंगलबार

आयोगको नयाँ नियम, दलको कार्यक्रममा जादा मन्त्रीले सरकारी साधन प्रयोग गर्न नपाउने

कात्तिक २०, २०७४
आयोगको नयाँ नियम, दलको कार्यक्रममा जादा मन्त्रीले सरकारी साधन प्रयोग गर्न नपाउने

काठमाडौँ, २३ चैत - निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन सहजता होस् भन्ने उद्देश्यले निर्वाचन आचारसंहिता पालना सम्बन्धमा थप नीतिगत निर्णय गरेको छ ।

आयोगको आज बसेको बैठकले सरकारका मन्त्रीले राजनीतिक दलले आयोजना गर्ने कार्यक्रममा सहभागी हुँदा सरकारी सवारीसाधनको प्रयोग गर्न नपाइने नीतिगत निर्णय गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

यसअघि आयोगले मन्त्रीलाई जिल्ला सदरमुकामसम्म मात्र जान पाउने व्यवस्था गरेकामा पछिल्लो निर्णयले त्यसलाई केही हदसम्म खुकुलो र सहज तुल्याएको छ । आचारसंहिता पालनासम्बन्धी नीतिगत निर्णयलाई थप प्रभावकारी तुल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

बैठकले सरकारका मन्त्रीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेपछि कुनैपनि राजनीतिक कार्यक्रममा भाग लिन नपाउने गरी अर्काे नीतिगत निर्णय पनि गरेको छ ।

निर्वाचनमा भाग लिने उम्मेदवारले आगामी वैशाख १६ गते उम्मेदारी दिने तथा आयोगले उम्मेदवारलाई वैशाख १९ गते निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । यसले आचारसंहिता पालना थप प्रभावकारी हुने आयोगले विश्वास लिएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्