०६ साउन २०८३, बुधबार

मृगौला प्रत्यारोपण सम्बन्धी रिसर्चका लागि नेपाली डाक्टरलाई १ करोड राशीको अवार्ड

कात्तिक १४, २०७६
मृगौला प्रत्यारोपण सम्बन्धी रिसर्चका लागि नेपाली डाक्टरलाई १ करोड राशीको अवार्ड

काठमाडौं– मृगौला प्रत्यारोपण सम्बन्धी अनुसन्धानका लागि नेपाली डाक्टर किरण जंग कुँवरलाई १ करोड रुपैया राशीको अवार्ड प्रदान गरिएको छ ।

दक्षिण कोरियामा अक्टोबर १७ देखि १९ गतेसम्म चलेको एसियन ट्रान्सप्लान्ट समिटमा डा कुँवरलाई १ करोड रुपैयाँको अवार्ड प्रदान गरिएको हो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत डाक्टर कुँवरको रिसर्च पेपर सम्मेलनमा उत्कृष्ट ठहरिएको थियो ।

डाक्टर किरण जंग कुँवर

सम्मेलनमा एसियन मुलुकका अतिरिक्त युरोप र अमेरिकाका डाक्टरहरूको समेत सहभागिता थियो ।

‘यो पुरस्कारले मृगौला प्रत्यारोपण सम्बन्धी थप अध्ययन गर्न र काम गर्न हौसला मिलेको छ,’ डा कुँवरले लोकान्तरसँग भने ।

डाक्टर कुँवरले युरोलोजीमा विद्यावारिधी गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्