०३ साउन २०८३, आइतबार

ट्विटरले कुनै पनि राजनीतिक विज्ञापनलाई स्थान नदिने

कात्तिक १४, २०७६
ट्विटरले कुनै पनि राजनीतिक विज्ञापनलाई स्थान नदिने

काठमाडौं – ट्विटरमा कुनै पनि राजनीतिक विज्ञापन स्वीकार नगरिने सीईओ ज्याक डोर्सीले बुधवार घोषणा गरेका छन् । 

‘हामीहरूले ट्विटरमा संसारभरि सबै किसिमका राजनीतिक विज्ञापन रोक्ने निर्णय लिएका छौं,’ डोर्सीले ट्वीट गरे, ‘हामीहरू राजनीतिक सन्देशको पहुँच आफैंले बनाउनुपर्ने, किन्नु नहुने कुरामा विश्वास गर्छौं ।’

— jack 🌍🌏🌎 (@jack) October 30, 2019

‘मानिसहरूले कुनै अकाउन्ट फलो गर्ने वा रिट्वीट गर्ने निर्णय लिँदा राजनीतिक सन्देशले रीच कमाउने हो । उक्त रीचका लागि पैसा तिर्दा त्यो निर्णय हट्ने अवस्थामा पुग्छ र मानिसहरूलाई चर्को तथा परिलक्षित राजनीतिक सन्देश दिन्छ । मानिसहरूको निर्णयलाई पैसामा सम्झौत ागर्न नहुने हाम्रो विश्वास छ,’ उनले थपे । 

सिलिकन भ्यालीले राजनीतिक विज्ञापनलाई गरेको व्यवस्थापनको कडा निगरानी चलिरहँदा डोर्सीको घोषणा आएको हो । सामाजिक सञ्जाल कम्पनीहरू विशेषगरी फेसबूकले राजनीतिकर्मीहरूलाई झूटो विज्ञापनको अनुमति दिएको भनी आलोचना गरिएको छ ।

तर फेसबूकका संस्थापक मार्क जकरबर्गले राजनीतिक विज्ञापनको सत्यता नजाँच्ने आफ्नो नीतिको बचाउ गरेका छन् । थप नयाँ नयाँ नियम अपनाउने काम आफूहरूले गर्नु नहुने उनले बुधवार बताए ।

सीएनएनबाट
 

salt training

कमेन्ट गर्नुहोस्