
काठमाडौं – थाइल्यान्डको दक्षिणपट्टि रहेको प्रचुआब खिरी खानको एक पहाडमा विशाल अजिंगरले एक बाँदरलाई बेरेर मारेको छ । अरू बाँदरहरूले साथीलाई बचाउन खोजेको भए पनि सकेनन् ।
घटनाको भिडियोमा अजिंगरले बाँदरमा बेरिएर कसेको अनि शुरूमा संघर्ष गरेपनि अक्सिजनको कमी भएपछि बाँदरले आत्मसमर्पण गरेको देखिन्छ ।
अघिल्लो बिहीवार खिचिएको भिडियोमा बाँदर भाग्न खोज्दा अरू बाँदरहरू पनि वरिपरि आएर सहयोग गर्ने कोशिश गरेको देखिन्छ ।
तर उनीहरू अजिंगर नजिक पुग्दा अजिंगर टाउको उठाउँछ र दाह्रा उज्याउँछ अनि तर्सिएका बाँदरहरू भाग्छन् ।
एउटा बाँदर नजिक गएर मर्न लागेको बाँदरको पुच्छर समातेर हल्लाउँछ ।
एक वृद्ध व्यक्तिले अजिंगरलाई लट्ठी हिर्काएर भगाउन खोजेपनि त्यसले टेर्दैन ।
अजिंगरले बाँदरलाई मारेर घस्रिँदै अन्त गएको थियो । उसले त्यो बाँदरलाई त्यहीँ खानका लागि पर्याप्त स्थान पाएन ।
अजिंगरको विष हुँदैन र यसले शिकारलाई कसेर बेर्छ अनि मारिदिन्छ र त्यसपछि निल्छ ।
एजेन्सी