२५ जेठ २०८३, सोमबार

धादिङको ताल्तीबाट मलेखु जाँदै गरेको बोलेरो जिप दुर्घटना

कात्तिक १४, २०७६
धादिङको ताल्तीबाट मलेखु जाँदै गरेको बोलेरो जिप दुर्घटना

धादिङ –दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा बिहीवार ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो जिप पल्टिँदा २३ जना घाइते भएका छन् ।

जिपमा ३० जना सवार रहेको बताइएको छ ।
 
कच्ची सडकबाट करीब २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए। 

घाइतेको उद्धारपछि राजमार्ग सामुदायिक अस्पताल, मलेखु र गजुरी अस्पतालमा उपचारका लागि लगिएको छ । थप विवरण आउन बाँकी छ । 

salt training

कमेन्ट गर्नुहोस्