
एजेन्सी-भारतीय क्रिकेट टीमका पूर्वब्याट्स्म्यान तथा बीजेपीका सांसद गौतम गम्भीरले भारत र बंगलादेशबीचको टी- ट्वान्टी म्याचलाई लिएर कडा प्रतिक्रिया दिएका छन् ।
उनले भनेका छन्, 'म्याच त भइरहन्छ । तर मानिसहरू दिल्लीमा बढेको प्रदुषणबारे चिन्तित हुनुपर्छ । तपाईं यस्तो वातावरणमा खेल्न चाहनुहुन्छ कि जहाँ सबैका लागि राम्रो हुन्छ ।'
उनले दिल्लीको प्रदुषणका कारण क्रिकेटका लागि वैकल्पिक स्थान सोच्नतर्फ बाध्य हुनुपर्ने बताए ।
भारत र बंगलादेशबीचको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको पहिलो म्याच दिल्लीको अरुण जेटली रंगशालाको ३ नम्बरमा हुँदैछ ।
दिवालीपछि बढेको दिल्लीको वायु प्रदुषण खेलाडी र हजारौं दर्शकका लागि खतरनाक सावित हुन सक्छ ।
स्मरण रहोस्, सन् २०१७ को डिसेम्बरमा श्रीलंकन क्रिकेट टीमले मास्क लगाएर दिल्लीमा म्याच खेलेका थिए र केही खेलाडी बिरामी पनि भएका