काठमाडौं, २४ चैत-निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आफैंले बनाएको आचार–संहिता खुकुलो पार्दै मन्त्रीहरूलाई चुनावी सभा समारोहमा सहभागी हुने बाटो खोलिदिएको छ । आयोगको बुधबारको बैठकले आचार–संहिताका विषयमा नीतिगत निर्णय गर्दै आचार–संहिता परिमार्जन गरेपछि सरकारका मन्त्रीहरूलाई चुनावी सभा समारोहमा सहभागी हुने बाटो खुलेको हो ।
आयोगको यो निर्णयसँगै मन्त्रीहरूले चुनावी ¥याली, सभा तथा प्रचारमा सहभागी हुन पाउने भएका छन् । यसअघि आयोगले जारी गरेको आचार–संहिताले मन्त्रीहरूलाई राजनीतिक सभा–समारोहमा सहभागी हुन रोक लगाएको थियो, राजधानी दैनिकमा खबर छ ।