
काठमाडौं — विभिन्न देशमा विवाहका फरक फरक परम्परा हुन्छन् । तर अफ्रिकाको एउटा देशमा रहेको परम्परा चाहिँ अलि अनौठो खालकै छ ।
इरिट्रीया नामक देशमा हरेक पुरुषले दुई महिलासँग विवाह गर्न अनिवार्य छ । धेरै देशमा दुई बिहे गैरकानूनी रहेकोमा यहाँ चाहिँ ठीक उल्टो छ ।
कुनै पुरुषले एउटा बिहेपछि अर्को बिहे नगरेमा कानूनी रूपमा अपराध गरेको ठहर्छ ।
यस्तो कानून बनाउनमा लैंगिक अनुपात नै प्रमुख कारण हो । महिलाको तुलनामा पुरुषको कमी धेरै छ इरिट्रीयामा । त्यसैले महिलाले बिहे गर्ने पुरुष नै नभेटिरहेको अवस्था छ ।
दुई बिहे नगर्ने पुरुषविरुद्ध त कानूनी कारवाही गरिन्छ नै । तर पहिली पत्नीले बिहेमा अवरोध गर्न खोजिन् भने उनलाई पनि जन्मकैदको जिाय दिइन्छ ।
इरिट्रीयामा गृहयुद्ध भइरहने र महिलाको सुरक्षाका लागि पुरुषले बाध्यतावश दुई विवाह गर्नुपर्ने पनि भएको हो ।
एजेन्सी