२२ जेठ २०८३, शुक्रबार

प्ले ग्रुपको भर्ना शुल्क १ लाख ३५ हजार !

कात्तिक २०, २०७४
प्ले ग्रुपको भर्ना शुल्क १ लाख ३५ हजार !
काठमाडौँ, २४ चैत- नयाँ शैक्षिक सत्र सुरु हुन लाग्दा विद्यालय जाने बानी गराउन अभिभावक आफ्ना नानीबाबु डोर्‍याउँदै मन्टेसोरी (प्रि–स्कुल) को खोजीमा छन् ।
सीमित खेलौना र कागजका टुक्राले सजाइएका कोठा देखाएर मासिक ५ हजार शुल्क लिने सामान्य स्कुलदेखि विदेशी कोर्स चलाउने भन्दै मासिक २० हजारसम्म लिने स्कुल चहार्न अभिभावक व्यस्त देखिन्छन्, कान्तिपुरमा खबर छ ।

यस्ता प्रि–स्कुलको परामर्श कोठामा छिर्नेबित्तिकै बच्चालाई दैनिक तीन पटक खुवाइने खानाको मेनु देखाइन्छ । यस्तै मन्टेसोरीमध्ये एक हो– ललितपुर खुमलटार हाइटस्थित प्रिमियर प्रि–स्कुल । यो स्कुलमा प्ले ग्रुप (पीजी) मा साढे दुई वर्षको बच्चा भर्ना गर्दा सुरुमै १ लाख ३५ हजार १ सय १० रुपैयाँ तिर्नुपर्छ ।
भर्ना शुल्क ३५ हजार, सेक्युरिटी डिपोजिट २० हजार, वार्षिक स्टेसनरी १६ हजार ५ सय, वार्षिक शुल्क १५ हजार ८ सय १०, मासिक शुल्क १८ हजार ४ सय, खाना–खाजा ५ हजार ५ सय जोडेर भर्ना गर्दा एकमुस्ट शुल्क लिइन्छ । अर्को महिनाको मासिक, खाना–खाजाको २३ हजार ९ सय पनि भर्नाकै क्रममा तिर्नुपर्छ ।

विद्यालयकी निर्देशक पवित्रा लिम्बूले अन्तर्राष्ट्रिय कोर्स पढाउन आवश्यक सामग्री महँगो पर्ने हुँदा बढी शुल्क लिन बाध्य भएको बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्