१५ असार २०८३, सोमबार

गजल

कात्तिक १७, २०७६
गजल

रमेश भट्टराई ‘सहृदयी’     

हरेक युगले केही न केही खोट बोकेर हिँड्छ
कोही उक्सिन्छ तर निर्धोले चोट रोकेर हिँड्छ

बदलिन्छ शहर, मान्छे रहर लिसो चाहनाको
न पुरिन्छ इच्छा उही खोटो लेखोट टोकेर हिँड्छ

पल्टिए युग कोल्टिए दर्शन तर गुफा, झुप्रा उस्तै 
बग्छ रगत, दबिने सोझो– अठोट धोकेर हिँड्छ 

वर्षदिन खन्छ तीन महिना खान्छ दशा दुःखीको 
चुनावी गर्मी एक छाक एक भोट जोखेर हिँड्छ  

बोलिन्छ वर्ग, भेद, जाति हो त्यै मानवता बोलिन्न
जन्मन्न मान्छे– नाक या झण्डा बनोट जोखेर हिँड्छ

salt training

कमेन्ट गर्नुहोस्