१८ असार २०८३, बिहीबार

प्रधानमन्त्री ओली डायलासिस गर्न ग्राण्डी अस्पतालमा

कात्तिक १७, २०७६
प्रधानमन्त्री ओली डायलासिस गर्न ग्राण्डी अस्पतालमा
फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली मृर्गाैलाको डायलासिस गर्न धापासीस्थित ग्राण्डी अस्पताल गएका छन् ।

मृर्गाैलामा समस्या देखिएपछि आइतवार बिहान प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको बालुवाटार स्रोतले जनाएको छ ।

गत बुधवार र बिहीवार ग्राण्डीमै प्रधानमन्त्री ओलीको दुई पटक डायलासिस गरिएको थियो । प्रधानमन्त्री ओलीले शनिवारको नेकपा सचिवालय बैठकमा मृर्गाैलाको नियमित डायलासिस गर्नुपर्ने भएको जानकारी दिएका थिए ।

प्रधानमन्त्री ओली अस्पताल गएपछि आइतवार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक र नेकपा सचिवालय बैठक प्रभावित हुने भएको छ । मन्त्रिपरिषद् बैठक बिहान ११ बजे बोलाइएको थियो भने त्यसपछि सचिवालय बैठक बोलाइएको थियो ।

शनिवार बसेको सचिवालय बैठकले आइतवार बसेर उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाउने गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्