३० जेठ २०८३, शनिबार

यी व्यक्तिको एउटै खुट्टामा ९ औंला, शल्यक्रिया सम्पन्न

कात्तिक १७, २०७६
यी व्यक्तिको एउटै खुट्टामा ९ औंला, शल्यक्रिया सम्पन्न

काठमाडौं – देब्रे गोडामा नौवटा औंला भएको एक चिनियाँ व्यक्तिले अतिरिक्त औंला काट्नका लागि शल्यक्रिया गरेका छन् । 

अजुन नाम भएका ती व्यक्तिले बाल्यकालमा कसैसँग घुलमिल गरेरन् अनि युवतीलाई डेटिङमा लान पनि निकै लाज माने । 

यी २१ वर्षीय युवकले चप्पल पनि फालिदिए र मानिसहरूले उनलाई बेकामे तथा अपूर्ण भन्ने गर्थे । 

शल्यक्रियापछि भने उनको जीवन नवीकृत भएको छ । चिकित्सकहरूले उनका अतिरिक्त चार औंलाहरू काटेर मिल्काएका छन् । 

अजुनका अन्धविश्वासी मातापिताले औंला हटाउन चाहेका थिएनन् किनकि एक ज्योतिषीले त्यो शुभ संकेत भएको बताएका थिए । 

देउताको प्रसाद भन्दै आमाबुवाले औंला काट्न नदिएपछि उनले लामो समयसम्म कष्ट सहेर बस्नुपरेको थियो । 

युवा उमेर पुगेपछि दक्षिणी चीनको लुफेङ शहरका अजुनले औंला काट्ने निर्णय लिए । 

उनको शल्यक्रिया निकै जटिल भएको चिकित्सकहरूले बताए किनकि अतिरिक्त औंलाहरू जोल्ठिएर बसेका थिए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्