
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार साँझ ५ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
बैठकका एजेण्डाबारे मन्त्रीहरूलाई समेत जानकारी गराइएको छैन । ‘साँझ ५ बजे बैठक हो भन्ने खबर हामीलाई आयो,’ एक मन्त्रीले लोकान्तरसँग भने, ‘तर एजेण्डाबारे हामीलाई केही खबर गरिएको छैन ।’
आइतवार बिहान पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।
केही घण्टाको अन्तरालमा मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकिनुलाई चासोका साथ हेरिएको छ ।
पढ्नुहोस् यो पनि -
विशेषज्ञ डाक्टरको सुझाव– प्रधानमन्त्रीले मिर्गौला पुन: प्रत्यारोपण गर्नुको विकल्प छैन !