२५ जेठ २०८३, सोमबार

कुलो भत्किँदा ७५० घर अन्धकारमा

कात्तिक २०, २०७४
कुलो भत्किँदा ७५० घर अन्धकारमा

सोलुखुम्बु, २४ चैत– सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाअन्तर्गत गुदेलमा सञ्चालित बुदुम खोला लघु जलविद्युत आयोजनाको कुलो भत्किँदा त्यस आयोजनाका ७ सय ५० भन्दा बढि घरधुरी उपभोक्ता एक सातादेखी अन्धकारमा परेका छन् ।

आयोजना उपभोक्ता समितिका अध्यक्ष संचराम राईका अनुसार आयोजनाको कुलो करिब ३० मिटर भत्किँदा बिद्युत उत्पादन ठप्प भएको हो । अप्ठ्यारो स्थानमा पहिरो गएर कुलो भत्किएको छ । जसकारण कुलो बनाउन कम्तिमा एक महिना लाग्ने अध्यक्ष राईले जानकारी दिए ।

एकसय किलोवाट क्षमताको सो आयोजना दुई वर्ष अघिदेखि सुरु भएको हो ।

बिद्युत अबरुद्ध भएपछि बत्ती बाल्न नपाउनुका साथै मोबाइल चार्जसमेत गर्न नपाउँदा सम्पर्क गर्न मुस्किल परेको गुदेल स्वास्थ्य चौकीका इन्चार्ज रामु केसीले बताए । बिद्युत बन्द हुँदा बिद्युतीय मिल, कम्प्युटर कक्षालगायत प्रभावित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्