
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आकस्मिक मन्त्रिपरिषद् बैठकअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बस्दैछ ।
प्रधानमन्त्री ओलीले साँझ ५ बजे बोलाएको मन्त्रिपरिषद् बैठक ६ बजे सारेर सचिवालय बैठक डाकेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा हुने सचिवालय बैठकले मंसिर १४ गते हुने उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाउने कार्यतालिका रहेको जनाइएको छ ।
शनिवार बसेको सचिवालय बैठकमा उम्मेदवारबारे प्रारम्भिक छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए ।