३१ जेठ २०८३, आइतबार

पैतीसजनाले हतियार बुझाए

कात्तिक २०, २०७४
पैतीसजनाले हतियार बुझाए
बैतडी, २४ चैत । जिल्ला सुरक्षा समितिको आग्रहपछि दार्चुलामा ३५ जनाले हतियार प्रहरीलाई बुझाएका छन् ।
वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिले सम्बन्धित सबैलाई हतियार बुझाउन गरेको आग्रहबमोजिम सम्बन्धित व्यक्तिले आफूलाई पायक पर्ने जिल्लाका विभिन्न प्रहरी चौकीमा उक्त हतियार बुझाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।

बुझाएका हतियारहरु सबै दुईनाले बन्दुक भएको र निर्वाचन सकिएपछि इजाजत प्राप्त ती हतियार सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने बताइएको छ ।

हातहतियार बुझाउन अटेर गरेमा वा नबुझाएमा जुनसुकै समयमा पनि हातहतियार खरखजनाअन्तर्गत कारबाही गर्ने सुरक्षा समितिले जनाएको छ ।

दार्चुलामा पहिले बुझाएका धेरैजसो हतियार तालिमकेन्द्रमा पठाइसकेकाले हाल जिल्लामा ५० जति मात्रै हतियार रहेको प्रहरीको अनुमान रहेको छ ।

बुझाउन बाँकी रहेका हतियार व्यास गाउँपालिकाको हिमाली क्षेत्रमा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्