०१ असार २०८३, सोमबार

भारतले सार्वजनिक गर्यो देशको नयाँ नक्सा, पाकिस्तानको विरोध

कात्तिक १८, २०७६
भारतले सार्वजनिक गर्यो देशको नयाँ नक्सा, पाकिस्तानको विरोध

भारतको उत्तरी राज्य जम्मुकश्मीर औपचारिक रुपमा दुइटा केन्द्र शासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गरेको छ । 
भारत सरकारले ३१ अक्टोबरदेखि अस्तित्वमा आएका दुई भिन्नाभिन्नै केन्द्रशासित प्रदेश (युनिटरी टेरोटरी) जम्मुकश्मीर र लद्दाकसहितको देशको औपचारिक राजनीतिक नक्सा सार्वजनिक गरेको हो । त्यसका लागि जम्मुकश्मीरको पुनर्गठनसम्बन्धी आदेश शनिबारको राजपत्रमा प्रकाशित गरिएको थियो । 
गत अगस्ट ५ मा संविधानमा रहेको उत्तरी राज्य जम्मुकश्मीरको विशेष अधिकार खारेज गरिएको थियो । त्यसका साथै मुश्लीम बाहुल्य राज्यलाई दुइटा केन्द्रशासित प्रदेशमा विभाजन गर्ने निर्णय समेत गरिएको थियो । कान्तिपुर दैनिकमा यो खबर छ । 
यसैबीच भारतले जारी गरेको नयाँ नक्सामा आफ्नो देशको केही जिल्ला समेटिएपछि पाकिस्तानले तीव्र विरोध गरेको पनि समाचारमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्