३० जेठ २०८३, शनिबार

मन्त्रिपरिषद् बैठक आह्वान, नयाँ प्रदेश प्रमुख नियुक्तिको सम्भावना

कात्तिक १८, २०७६
मन्त्रिपरिषद् बैठक आह्वान, नयाँ प्रदेश प्रमुख नियुक्तिको सम्भावना

काठमाडौँ । सरकारले सोमबार बिहान मन्त्रिपरिषद् बैठक आह्वान गरेको छ । बैठकले सातै प्रदेशका नयाँ प्रदेश प्रमुख नियुक्ति गर्ने सम्भावना रहेको छ । 
सरकारले राष्ट्रपतिमार्फत आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको थियो । 

लगत्तै सरकारले नयाँ प्रमुख नियुक्तिको तयारी थालेको हो । मन्त्रिपरिषद्को बैठक सोमबार बिहान ११ः०० बजे बस्ने बताइएको छ । 
 आइतबार बिहान पनि बसेको मन्त्रिपरिषद् बैठकले मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइराला  र त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा धर्मकान्त बाँस्कोटालाई नियुक्ति गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्