२८ जेठ २०८३, बिहीबार

जानिराखौं हरियो खुर्सानी खानुका फाइदै फाइदा

कात्तिक १८, २०७६
जानिराखौं हरियो खुर्सानी खानुका फाइदै फाइदा

काठमाडौं –पिरो खान मन पराउने धेरै हुन्छन् । तर, अत्याधिक पिरो त्यसमा पनि मसलेदार खानेकसुराले छाती र पेटमा समस्या गर्छ ।

यद्यपि, हरियो खुर्सानी खाने हो भने पिरो स्वादसँगै अन्य लाभसमेत उठाउन सकिन्छ । हरियो खुर्सानीले पेट र छातीमा असर गर्दैन । यसमा भिटामिन ए, बी–६, सी, आइरन, पोटासियम, कार्बोहाइड्रेट र अन्य धेरै पोषक पदार्थ पाइन्छन् । 

हरियो खुर्सानी स्वास्थ्यसँगै सौन्दर्यका लागि पनि फाइदाजनक छ । दैनिक हरियो खुर्सानी खाएमा छालामा चमक आउनुका साथै रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्छ । प्रशस्त मात्रामा भिटामिन सी र ई पाइने भएकाले रगत सफा गर्नुका साथै अनुहारमा आउने पिम्पल्सबाट समेत राहत मिल्छ । अब यसका फाइदाबारे चर्चा गरौं :

प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट
हरियो खुर्सानीमा पाइने एन्टिअक्सिडेन्टका कारण ओक्साइडेसनलाई कम गर्छ । जसले कोषिकालाई स्वस्थ रहन मद्दत गर्छ । 

रक्तसञ्चार बढाउँछ
प्रत्यक व्यक्तिको रक्तसञ्चार फरक–फरक गतिमा हुन्छ । रगतले सम्पूर्ण शरीरमा पोषक तत्व, अक्सिजन, हर्मोन, गर्मी, इलेक्ट्रोलाइट्स आदि पुर्‍याउने गर्छ । हरियो खुर्सानी खाँदा रक्तसञ्चारलाई तिव्र बनाउन मद्दत गर्छ ।

प्रतिरक्षा प्रणाली मजबुत
हरियो खुर्सानीमा पाइने पोटासियम, फ्लोभोनोइड्स, भिटामिन सीका कारण शरीरमा प्रतिरक्षा प्रणाली मजबुत बन्छ । तर, यसका लागि सीमित मात्रामा नियमित रूपमा खुर्सानी खानुपर्छ । 

छालामा चमक
हरियो खुर्सानी छालाका लागि फाइदाजनक मानिन्छ । खुर्सानीमा हुने भिटामिन ईले छालाका लागि आवश्यक तेल उत्पादन गर्न सहयोग पुर्‍याउँछ । खानासँग मात्रा मिलाएर खाँदा छालामा समेत चमक ल्याउँछ । 

संक्रमणबाट बचाउँछ
हरियो खुर्सानीमा एन्टिब्याक्टेरियल गुण समावेश हुन्छन् । जसले संक्रमणबाट बचाउँछ । प्रायः महिलामा आइरनको कमी हुने  हुन्छ । हरियो खुर्सानीबाट यो परिपूर्ति हुन्छ । 

आँखाको दृष्टि
हरियो खुर्सानीमा विभिन्न पोषक तत्व हुन्छन् । तिनले आँखाको दृष्टि तेज हुनमा मद्दत गर्छ । नयाँ पत्रिकामा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्