२३ असार २०८३, मंगलबार

हङकङमा विरोध रोक्न कारवाही बढाउनुपर्ने चिनियाँ सञ्चारमाध्यमको भनाइ

कात्तिक १८, २०७६
हङकङमा विरोध रोक्न कारवाही बढाउनुपर्ने चिनियाँ सञ्चारमाध्यमको भनाइ

काठमाडौं – चीनको आधिकारिक समाचार संस्था शिन्ह्वाको कार्यालयमा तोडफोड गरिएपछि चिनियाँ सञ्चारमाध्यमहरूले अधिकारीहरूलाई विरोधकर्तामाथि कडा कदम चाल्न आग्रह गरेका छन् । 

चाइना डेली पत्रिकामा प्रकाशित सम्पादकीयमा मूर्ख विरोधकर्ताहरूले गर्ने गरेका जथाभावी आक्रमणको आलोचना गरिएको छ र लेखिएको छ, ‘उनीहरू विफल हुने पक्का छ किनकि उनीहरूले गर्ने हिंसालाई कानूनले प्रतिकार गर्नेछ ।’

आक्रमणहरू युवा जोश उम्लिएकाले गरिएको र हिंसाको दुरुपयोग गर्न चाहनेहरूका लागि सामग्री बनेको भन्दै हङकङका युवाहरूले वास्तविक तथा कल्पित समस्याहरूप्रति आक्रोश व्यक्त गरेको लेखिएको छ । 

ग्लोबल टाइम्सले आइतवार एक लेखमा शिन्ह्वामाथि आक्रमण गर्ने विरोधकर्ताहरूको गतिविधिको भर्त्सना गरेर हङकङका कानून कार्यान्वयन निकायलाई कारवाहीका लागि अघि बढ्न भनेको छ । 

‘शिन्ह्वाको प्रतीकात्मक छविका बावजूद उसको एक शाखामा तोडफोड गर्नु भनेको हङकङको कानूनको उल्लंघन मात्र नभई केन्द्रीय सरकार र चिनियाँ मुख्यभूमिको कानूनको बर्खिलाप पनि हो र दंगाबाजहरूको त्यही नै प्रमुख उद्देश्य हो,’ त्यसमा लेखिएको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्