काठमाडौं –नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ७१ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि आइतबार सुनको मूल्य तोलामा ७१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ७० हजारमा ७०० रुपैयाँमा कारोबार भएको छ।
चाँदी भने तोलामा ८७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि आइतबार पनि चाँदी पनि सोही मूल्यमा कारोबार भएको थियो ।