१३ असार २०८३, शनिबार

भालुको आक्रमणबाट १ वृद्ध घाइते

कात्तिक १८, २०७६
भालुको आक्रमणबाट  १ वृद्ध घाइते

 दोलखा –  दोलखा जिल्लाको जिरी नगरपालिका–१ को च्यबुकेमा आज बिहान ६ बजे एक वृद्धलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको छ ।

घाइते बोल्न नसक्ने अवस्थामा भेटिएकाले काठमाडाैं सिफारिश गरिएको छ । 

जिरी नगरपालिका–१ बस्ने पदमबहादुर खड्कालाई हलोजुवा लिन बारीमा गएको बेला भालुले आक्रमण गरेको हो ।

भालुको आक्रमणमा परी निजको घाँटी, टाउको, निधार र मुखमा गम्भीर चोट लागेकाले थप उपचारका लागि जिरी अस्पतालबाट काठमाडौँ रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए। उक्त स्थान सदरमुकामबाट ८० किलोमिटर पूर्वमा पर्दछ । 
 

salt training

कमेन्ट गर्नुहोस्