
काठमाडौँ - सोमवार बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातवटै प्रदेशका प्रमुखको नामावली सिफारीस गरेर सरकारसमक्ष पठायो ।
सिफारिस भएका प्रदेश प्रमुखहरूमध्ये कोही पूर्वउपप्रधानमन्त्री छन् भने कोही मेयरमा पराजित पनि छन् ।
चितवनबाट मात्र २ जना प्रदेश प्रमुख सिफारिस भएका छन् । चितवन प्रचण्डको जिल्ला हो ।
चितवनबाट अमिक शेरचन र शर्मिला त्रिपाठी सिफारिस भएका हुन् । भागवण्डामा पूर्वएमालेतर्फबाट ४ जना र पूर्वमाओवादी तर्फबाट ३ जना प्रदेशप्रमुख परेका हुन् ।
३ जनामध्ये २ जना आफ्नै जिल्लाबासी छाने प्रचण्डले । तिलक परियार रोल्पाका हुन् भने शेरचन र त्रिपाठी चितवनका हुन् ।
तर प्रदेश प्रमुखमा कर्णाली प्रदेशबाट भने कोही सिफारिस भएन । एउटै जिल्लाबाट २ जना हुनु तर समग्र कर्णाली प्रदेशबाट एकजना पनि सिफारिस नहुनु अचम्म भएको नेकपाका कतिपय नेताहरूले टिप्पणी आउन शुरू भइसकेको छ ।