भारत प्रशासित कश्मीरमा प्रहरीले ‘कश्मीर क्रिकेट क्लब’का सदस्यसँग सोधपुछ गरेको छ ।

प्रहरीले उनीहरुलाई हिरासतमा राखेको छ । उनीहरुलाई पाकिस्तानी क्रिकेट टीमको जर्सीको रंगको ड्रेस लगाएको र खेल शुरु हुन पहिला पाकिस्तानको राष्ट्रिगान गाएको विषयमा सोधपुछ गरेको हो ।
एक भिडियो क्लिपमा बाबा दरया उद्दीन टीमले लगाएको जर्सीमा पाकिस्तानको झन्डाको रंगको रहेको थियो । एक स्थानीय टूर्नामेन्टमा पाकिस्तानको हरियो रंगको कपडामा देखाइएको हो । यो भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भएको थियो र कश्मिरी मिडियामा समेत यसको चर्चा भएको थियो ।
कश्मीरका डीआईजी गुलाम हसन भटले हिदूस्तान टाइम्सलाई बताए अनुसार क्रिकेट टीमका सदस्य प्रहरी चौकीमा रहेका छन् ।
समाचारहरुका अनुसार भारत प्रशासित कश्मीरको गांदरबलमा कालमूल इलाकामा ११ युवालाई प्रहरी स्टेशनमा लगिएसँगै अवस्था तनावग्रस्त भएको हो । जसका कारण उक्त क्षेत्रमा तनाव भएको छ र सुरक्षासमेत बढाइएको छ ।