काठमाडौँ, ५ पुस - छोरीहरुबीच सम्पत्ति कसले खाने भन्ने विवादका कारण पर्सामा एक वृद्धको मृत्यु भएको तीन दिनपछि मात्रै दाहसंस्कार भएको आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ | शुक्रबार साँझ मृत्यु भएका पर्सा धोरेका झक्कु सहनीको सोमबार प्रहरीको दबाबमा दाहसंस्कार भएको हो।

सहनीका छोरीहरु उमादेवी र सिन्धुदेवीबीच सम्पत्तिको विषयमा विवाद भएको थियो । दुवै बिबाहित छोरीहरुलाई बाबु सहनीले मृत्यु हुनुअघि आफ्नो जग्गा भाग लगाइदिएका थिए। तर, बाबुले भाग लगाइदिएको जग्गा चित्त नबुझेपछि उनीहरु झगडामा उत्रिएका थिए।