काभ्रे २४ चैत्र - काभ्रेको बनेपा पुरानो तरकारीबजार नजिकै बिहिवार दिउँसो भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दिउँसो २ बजेतिर बा ४ ख ३५५१ नंबरको टिपरले बा ८३ प २७७८ नंवरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । मृत्यु हुनेमा रामेछाप घर भएका २६ बर्षीय विनोकुमार मोक्तान रहेका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।