हलिउडकी चर्चित गायिकाका विश्वभरी नै थुप्रै फ्यान छन् । उनको रुपले पनि उस्तै चर्चा पाइरहेको हुन्छ । उनै सेलेना गोमेजले भने आफूले अभिनय गर्ने भूमिकामा भने यी चौबीस वर्षीय सुन्दरीले आफ्नो रुपले गर्दा पर्दामा परिपक्व भूमिकामा निभाउन धेरै गाह्रो भएको बताएकी छिन् ।
कतिपटक त आफूले हारेको महसुस पनि हुने गरेको बताएकी छिन् । आफूले भूमिकाका लागि अडिसन दिन, म यो भूमिका गर्दैछु भनेर भन्न आफूलाई साह्रै नै गाह्रो भएको बताएकी छिन् ।

न्यूयोर्क पोष्टको समाचारका अनुसार उनले आफूले केवल किशोरी राजकुमारीको भूमिकाका लागि मात्र अनुहारले साथ दिएको बताएकी छिन् ।