×

NMB BANK
NIC ASIA

सफा हुँदै बाग्मती, स्वच्छ नदी बनाउने काठमाडौँबासीको चाहना यसरी पूरा हुँदैछ [भिडियोसहित]

कात्तिक २१, २०७६

NTC
फाइल फोटो
Premier Steels

काठमाडौँ - गुहेश्वरीमा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । बाग्मतीमा बगेको फोहोर पानीलाई सफा पानीमा रुपान्तरण गर्नका लागि इटालीयन प्रविधिमा आयोजनाका काम गरिएको छ ।

Muktinath Bank

नेपालमा फोहोर पानी प्रशोधनको क्षेत्रमा नयाँ प्रविधि र महँगो लागतमा बनाइएको यो पहिलो आयोजना हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोजना सम्पन्न भएपछि दैनिक बढीमा ३ करोड २४ लाख लिटर पानी प्रशोधन भएर बाग्मतीमा सफा पानी बग्ने आयोजनाका कन्ट्रयाक्टर इन्जिनीयर बिपिन मल्होत्राले बताए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार बाग्मतीको पानीलाई टनेलमार्फत प्रशोधन प्लान्टमा प्रवेश गराइन्छ । प्लान्टमा पानी प्रवेश गरिसकेपछि ‘कोर्स स्क्रीन च्यानल’मार्फत पानीको प्रशोधन प्रक्रिया शुरू हुन्छ, जहाँ २० मिलिमिटर भन्दा ठूला फोहोर र बालुवा छान्ने काम हुन्छ । कोर्स स्क्रीन च्यानलमा ठूला फोहोर र बालुवा छानिसकेपछिपानीलाई मोटर पम्पको सहायताले फाइन स्क्रीन च्यानलमा पठाइन्छ र त्यहाँ ६ मिलिमिटर भन्दा ठूला फोहोरलाई छान्ने काम गरिन्छ ।

Vianet communication

फाइन स्क्रीन च्यानलसम्म आइपुग्दा फोहोर पानीमा ठोस रूपमा भएका धेरै फोहोरलाई छानिइसकेको हुन्छ । फाइन स्क्रीन च्यानलमार्फत फोहोर पानीलाई पिएसटी हुँदै एरीएसन प्रोसेसमा पठाइन्छ । एरिएसन प्रोसेस दुईवटा प्लान्टमा २ वटा बनाइएको छ । एरीएसन प्रोसेसमा पानीमा अक्सिजन दिएर व्याक्टेरिया पैदा गरी हानिकारक ब्याक्टेरियाको अन्त्य गरिन्छ ।

हानिकारक ब्याक्टेरिया प्रशोधन गरिसकेपछि फोहोरलाई थिग्राउने काम गरिन्छ । थिग्रीएको फोहोरलाई केकको आकारमा दिई खाद्ध मलको रुपमा विकास गरिन्छ । कन्ट्रक्सनका कन्ट्रयाक्टर इन्जिनीयर मल्होत्राले अनुसार प्रशोधन केन्द्रले दैनिक रुपमा ७ टन खाद्ध मल उत्पादन गर्ने जानकारी दिए ।

पानीको प्रशोधन प्रक्रियामा फोहोर पानीबाट खाद्ध मल निकाल्नुको अलावा आयोजनाले ग्याँस उत्पादन गरी बिजुली उत्पादन समेत गर्नेछ । सो आयोजनालाई चाहिने ४० प्रतिशत विद्युत आपूर्ति सोही आयोजनामार्फत हुने इन्जिनीयर मल्होत्राले जानकारी दिए ।

फोहोर पानीको प्रशोधन प्रक्रियामा मल थिग्राउने काम भइसकेपछि सफा भएको पानीलाई पुनः आउटलेटमार्फत बाग्मतीमा बगाउने काम गरिन्छ ।

अहिलेसम्म आयोजनाको काम ९५ प्रतिशत सकिएको र अब २ महिना भित्रमा सम्पुर्ण काम सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्न सकिने सम्भावना रहेको इन्जिनीयर मल्होत्राको भनाई छ ।

एशियाली विकास बैंकको लगानीमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गत २ अर्ब ५५ करोडको लागतमा यो आयोजनाको निर्माण भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका सिनियर इन्जिनीयर किशोर पन्थीले बताए । इन्जिनीयर पन्थीका अनुसार उक्त लागतअन्तर्गत नै भारतीय कम्पनी भिएटेक वाबगले १० वर्षसम्म आयोजनाको मर्मत तथा सञ्चालन गर्ने सम्झौता भएको छ ।

हेर्नुहोस् भिडियो - 

भिडियो - सुरेन्द्र श्रेष्ठ/ लोकान्तर 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x