
काठमाडौं, २४ चैत – पूर्वराजा ज्ञानेन्द्र शाहाले एक हप्ता अघि आफ्ना नाती हृदयेन्द्रको ब्रतबन्ध गरे । सोही ब्रतबन्धको भोज आज होटल सोल्टीमा दिएका छन् ।
ज्ञानेन्द्रको चाँजोपाँजोमा आयोजना गरिएको ब्रतबन्ध भोजमा पूर्वयुवराज पारस पनि निकै हँसिलो मुद्रामा उपस्थित भएका थिए । एकहप्ता अघि आफ्नी छोरीसँग निकै हँसिलो फोटो खिचेर सार्वजनिक भएका पारस फेरी आज निकै हँसिलो मुद्रामा छोराको ब्रतबन्ध भोजमा उपस्थित भएका हुन् ।

उनले आफन्तहरुसँग उभिएको निकै हँसिलो फोटो खिचाएका छन् । छोरोको ब्रतबन्ध भोज खान गएका आफन्तहरुको बारेमा पनि उनले हँसिलो गरि कुरा गरेका थिए । उनले आमा कोमलको नजिकै पुुगेर निकै हँसिलो मुद्रामा कुराकानी गरेको फोटो पनि सार्वजनिक भएको छ ।

उक्त भोज खानको लागि राष्ट्रपति विद्यादेवि भण्डारी, उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापा, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक बोहोरा, सद्घभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राप्रपा राष्ट्रवादीका नेता प्रकाशचन्द्र लोहोनी, अभिनेता राजेश हमाल लगायका अतिथिहरु प्ुगेका छन् ।
पाहुनाहरुलाई स्वागत गर्न ज्ञानेन्द्र स्वयम, पूर्व युवराज पारस, युवराज्ञी हिमानी लगायतका परिवारका सदस्यहरु पुगेका थिए ।