
काठमाडौं, २४ चैत - पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना नाती हृदयेन्द्रको ब्रतन्धको भोज खुवाउन पाहुनाहरुलाई आज बोलाएका थिए । नातीको ब्रतबन्ध भएको केही दिनपछि उनले आज सोल्टी होटलमा निम्ता बोलाएका हुन् ।

उक्त भोज खानको लागि राष्ट्रपति विद्यादेवि भण्डारी, उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापा, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक बोहोरा, सद्घभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राप्रपा राष्ट्रवादीका नेता प्रकाशचन्द्र लोहोनी, अभिनेता राजेश हमाल लगायका अतिथिहरु पुगेका थिए ।

भोजमा गायिका कोमल ओली, योगेश्वर अमात्य, जेम्स प्रधान पनि देखिए ।

पाहुनाहरुलाई स्वागत गर्न ज्ञानेन्द्र स्वयम, पूर्व युवराज पारस, युवराज्ञी हिमानी लगायतका परिवारका सदस्यहरु पुगेका थिए ।
