काठमाडौं, २४ चैत – चलचित्र डायरीको अफिसियल टेलर सार्वजनिक भएको छ । टेलरमा रिभेन्ज लभ देख्न सकिन्छ ।

रेखा थापा खलनायिकामा देखिएकी छिन् । रेखा थापा, छुल्ठिम गुरुङ, सन्नी सिंह लगायतका कलाकारको अभिनय रहेको छ ।
एअर क्रिउ प्रडक्सन र छुल्ठिम इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रलाई अनिल योञ्जनले निर्देशन गरेका छन् ।
चेतन गुरुङले तयार पारेको कथालाई शिवराम श्रेष्ठले खिचेका हुन् ।