१२ असार २०८३, शुक्रबार

ई–पासपोर्ट छाप्ने अन्तर्राष्ट्रिय बोलपत्र रद्द, बोलपत्र आह्वान प्रक्रियाप्रति असन्तुष्ट थिए प्रधानमन्त्री

कात्तिक २३, २०७६
ई–पासपोर्ट छाप्ने अन्तर्राष्ट्रिय बोलपत्र रद्द,  बोलपत्र आह्वान प्रक्रियाप्रति असन्तुष्ट थिए प्रधानमन्त्री

काठमाडौं- मुलुकभित्रै सुरक्षा मुद्रण प्रेस स्थापना प्रक्रिया अघि बढाउने भन्दै ५० लाख ई–पासपोर्ट छाप्न परराष्ट्र मन्त्रालयले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र अन्तिम घडीमा आएर सरकारले रद्द गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निर्देशनमा बोलपत्र प्रक्रिया बिहीबार राति रद्द गरिएको हो ।
बोलपत्र रद्द गर्नेबारे बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । 

मेसिन रिडेबल पासपोर्ट (एमआरपी) पछि नेपाल आगामी असार महिनादेखि ‘ई– पासपोर्ट’ मा जाने भएपछि नयाँ पद्धतिको पासपोर्ट छपाइका लागि गत भदौ १० मा परराष्ट्र मन्त्रालयको राहदानी विभागले बोलपत्र आह्वान गरेको थियो । सुरुको ४५ दिने बोलपत्रको म्याद टुंगिएपछि २२ दिन र त्यसपछि ७ दिनका लागि म्याद थपेर शुक्रबार दिउँसो बोलपत्रका सबै प्रस्ताव सार्वजनिक गरिने टुंगो भएको थियो । 
‘अन्तिम घडीमा रद्द भए पनि विस्तृतमा मलाई जानकारी भएन,’ राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले भने ।
विधानसम्मत बोलपत्र प्रतिस्पर्धालाई अन्तिम घडीमा रद्द गरिएको अवस्थालाई जानकारहरूले अनौठो मानेका छन् । ५० लाख पासपोर्ट विदेशमा एकैचोटि लगेर छाप्ने परराष्ट्रको निर्णयप्रति असन्तुष्ट रहेका प्रधानमन्त्री ओलीले दुई साताअघि परराष्ट्रका सम्बद्ध अधिकारीलाई आफ्नो धारणा सुनाएका थिए । असंलग्न आन्दोलन सम्मेलनमा भाग लिन गत कात्तिक ८ मा बाकु भ्रमणमा जानुअघि उनले राहदानी विभागका महानिर्देशक खड्कासहितका पदाधिकारीलाई बालुवाटार बोलाएर ई–पासपोर्टको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान प्रक्रियाप्रति चर्को असन्तुष्टि प्रकट गरेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्